सुनको मूल्यमा थप रेकर्ड, प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार

0
Shares

इरान र अमेरिकाबीच बढ्दो तनावको असरले अन्तराष्ट्रिय बजारमा सुनको भाउ महङ्गो हुँदा नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य पुस २१ गते सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै सबैभन्दा  बिन्दु हो। पुस यतामात्रै सुनको मूल्य ४ हजार ५०० रुपैयाँले उकालो लागेको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस्तै सोमबार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९२० पुगेको छ ।