सानिमा बैंक र नेपाल मेडिसीटी हस्पिटल बीच सम्झौता

0
Shares

सानिमा बैंक र नेपाल मेडिसीटी हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत, बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।

विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको नेपाल मेडिसिटि हस्पिटल, ललितपुरको भैंसेपाटीमा रहेको छ ।