पर्यटनमन्त्री संलग्न भ्रमण वर्ष प्रवद्धन र्‍यालीलाई सिड्नीमा अवरोध

0
Shares

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा अष्ट्रेलिया निकालीएको र्‍यालीलाई सिड्नी प्रहरीले अवरोध भएको छ ।भ्रमण वर्ष प्रचारप्रसारका लागि ओपेरा हाउसमा प्रदर्शन गर्न स्थानीय प्रहरीको अनुमति नलिएको भन्दै अवरोध पुर्याइएको जनाइएको छ ।

 

ओपेरा हाउससम्म र्‍याली जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन। जवरजस्ती गर्न खोजिएपछि प्रहरीले रोकेको थियो ।

यता, अष्ट्रेलियामा डढेलो लागेर कम्तीमा २४ जनाको ज्यान गएको, ५० करोड भन्दा बढी जनावर मरेको, सयौं घर जलेर ऐतिहासिक संकटमा रहेको अवस्थामा भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न मन्त्री भट्टराइ पुगेको भन्दै आलोचना समेत गरिएको छ।

र्‍यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जन सहितको टोली रहेको थियो। आयोजकको अव्यवस्थापनका कारण र्याली रोकिएको भन्दै र्‍यालीका सहभागीहरुले आयोजकप्रति आक्रोश पोखेका छन् ।