दुई हजार घुस लिने मालपोतका सुब्बा अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुस/रिसवत लिदैंगर्दाको अबस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सुब्बा कुइकेल र लेखापढी ब्यवसायी सापकोटालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।