सेञ्चुरी बैंकका ग्राहकले होटल डेल अन्नपुर्णमा १५ प्रतिशतसम्म छुट पाउने

0
Shares

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं स्थित होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्तर्गत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका छन्।