नेपाल बंगलादेश बैंकद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई नोट पहिचान प्रशिक्षण

0
Shares

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फिदिम -४ पाँचथर स्थित गढी माध्यमिक विद्यालयमा ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ताको प्रशिक्षण प्रदान गरेको छ ।

मैत्री समाज नेपालको सहायतामा संचालित प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए ।

यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो ।

यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राज कुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरे ।
यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।