डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गर्न माघ २६ गते अठारौँ वार्षिक साधारण सभा आयोजना गरेको छ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले भरतपुर गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ।

हाल लघुवित्तको ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी छ । जस अनुसार लघुवित्तले २३ करोड २० लाख २३ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर सहित ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनस वितरण पश्चात चुक्ता पूँजी एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ।

साथै, अन्य वित्तीय संस्थासंग गाभ्ने/गाभिने र प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि माघ १३ गतेदेखि २६ गतेसम्म शेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहने संस्थाले जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन माघ १२ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।