लुम्बिनी विकास बैंकको ५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन

0
Shares

लुम्बिनी विकास बैंकको पुस २३ गते बुधबार शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षबाट वितरण गर्ने ५ प्रतिशत बोनसको बुकक्लोजसँगै बुधबार शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले ५ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता १९४ रुपैयाँ २९ पैसा समायोजित मूल्य निर्धारण गरेको हो। यहि मूल्यलाई आधार मानेर बुधबार बैंकको शेयर कारोबार खुलेको छ।

बैंकले ५ प्रतिशत बोनस सहित कूल २० प्रतिशत लाभांश अनुमोदन तथा मर्जर प्राप्ती लगायतका मुख्य एजेणड पारित गर्न पुस २९ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे बैंकको १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।