पोखरा फाइनान्सको लाभांश शेयरधनीको बैंक खातामै वितरण

0
Shares

पोखरा फाइनान्सले साधारण सभा सम्पन्न भएको एक साता नबित्दै शेयरधनीलाई गत आवको मुनाफाबाट वितरण गर्ने नगद लाभांश पठाएको छ ।

फाइनान्सले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन अर्थात पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ ।

यसरी लाभांश जम्मा गर्दा बैंक खाताको विवरण हुबहु नभई नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीको सूची फाइनान्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेवसाइट मार्फत हेर्न सकिने उल्लेख छ।

हाल डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका लगानीकर्तालाई मात्र जम्मा गरिएको भन्दै फाइनान्सले कागजी शेयर धारण गर्ने तथा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई क्रमश जम्मा गर्दै जाने जनाएको छ ।

फाइनान्सको पुस १८ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट ७.२० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो।

शेयरधितो लिएका शेयरधनीले भने सम्बन्धित संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र नगद लाभांश वितरण हुने फाइनान्सले जनाएको छ । साधारण सभाबाट पारित बोनस शेयर भने सिडिएससी तथा नेप्सेमा सूचीकरणपछि फाइनान्सले शेयर रष्ट्रिार मार्फत शेयरधनीको डिम्याट खातामा नै वितरण गर्नेछ।