सुन दुई दिनमा एक हजार ९०० सस्तियो

0
Shares

अमेरिका र इरान बीचको द्धन्दले ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ पछिल्लो दुई दिनमा १ हजार ९०० रुपैयाँले सस्तिएको छ।

दुई देशको विवाद केही सामान्य हुँदै गएपछि पुस २३ गते बुधबार ७६ हजार ५०० रुपैयाँसम्म पुगेकोमा बिहीबार १ हजार तथा शुक्रबार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंकाका अनुसार पुस २५ गते शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ६०० रुपैयाँमा र तेजावी सुन ७६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरि सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला घटेको १५ रुपैयाँले छ । चाँदी शुक्रबार ८८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपालमा शनिबार सुन चाँदीको भाउ परिवर्तन नहुने भएकाले अब आइतबार मात्र भाउमा परिवर्तन हुनेछ।