तीन सूचीकृत कम्पनीको साधारण सभाले आज लाभांश अनुमोदन गर्दै

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत तीन कम्पनीले आज (पुस २७ गते) गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्स्ताव गरेको लाभांश लगायतका अन्य एजेण्डाहरु पारित गर्दैछन्। यसरी आइतबार साधारण सभा सम्पन्न गर्ने कम्पनीहरुमा कृषि विकास बैंक, सानिमा माई हाइड्रोपावर, र स्पर्स लघुवित्त वित्तीय संस्था रहेको छ ।

कृषिको आइतबार केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजेबाट सुरु भई सम्पन्न हुने तेह्रौँ वार्षिक साधारण सभाबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश अनुमोदन हुँदैछ।

उक्त लाभांश पुस १० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र पाउनेछन्। साधारण सभाबाट ६ प्रतिशत बोनस पारित सँगै बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।

सानिमा माईले पनि आजै सेलिब्रेसन हाईट सुकेधारामा आठौं वार्षिक साधारण सभा बोलाएको छ । बिहान ११ बजे बोलाइएको कम्पनीको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र करतिर्न ०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। उक्त बोनस पुस ६ गतेसम्म नेप्सेमा शेयर खरीद गरि कायम शेयरधनी मात्र प्राप्त गर्न योग्य हुनन्छन्।

साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरणपश्चात हाइड्रोपावरको चुक्ता पूँजी २ अर्ब ५५ करोड ३१ लाख पुग्नेछ।

उता स्पर्स लघुवित्तले होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। जसले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ। उक्त लाभांश पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

यस्तै बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले मर्जर तथा प्राप्तीका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, तथा राष्ट्रियस्तरको पूँजी कायम भैसकेकाले कार्यक्षेत्रलाई विस्तार गर्ने र सञ्चालक समितिको निर्वाचन समेत गर्नेछ।

साधारण सभाबाट पारित बोनसपछि लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ।