सहकारीलाई उद्यमशीलतामा लगाउन वनमन्त्री बस्नेतको आग्रह

0
Shares

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सरकारले तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै सहकारीहरुले उद्यमशिलता विकासबाट मुलुकको अर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

चन्द्रागिरि–१२, बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको शनिबार ११ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले सहकारीहरुले निक्षेप सङ्कलन र कर्जा प्रवाहमा मात्र सीमित नभई उद्यमशीलता विकासमा खर्च गर्न आग्रह गरे।

सहकारीले अघिल्लो आवको तुलनामा गत आवमा झण्डै रु १८ करोड थप कर्जा प्रवाह गर्न सफल भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सो सहकारीले १७ करोड ९५ लाख १५ हजारले वृद्धि गरी कूल रु ८४ करोड ७८ लाख २२ हजार ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो सहकारीले आर्थिक वर्ष २०७४/०७५ सम्ममा कुल ६६ करोड ८३ लाख ६ हजार १७० कर्जा प्रवाह गरेको थियो ।

यस्तै भास्तिपुरले अघिल्लो आवको तुलनामा गत आवमा १६ करोड ८ लाख ८ हजार ७६२ निक्षेप सङ्कलन गरी कूल निक्षेप ८२ करोड ४६ लाख ७४ हजार ६५४ रुपैयाँ पु¥याएको छ । सो सहकारीले आव २०७४/०७५ सम्ममा कूल ६६ करोड ३८ लाख ६५ हजार ८९२ रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो ।

सहकारीले गत आवमा ८९ लाख ३२ हजार ५०० शेयर पूँजी वृद्धि गरी कूल ४ करोड ७३ लाख ९ हजार १०० रुपैयाँ पु¥याउन सफल भएको छ । आव २०७४/०७५ सम्ममा सो सहकारीको शेयर पूँजी ३ करोड ८३ लाख ७६ हजार ६०० रुपैयाँ थियो ।

भास्तिपुर सहकारीले चालु आवमा शेयर पूँजी वृद्धि गरी ६ करोड २५ पु¥याउने लक्ष्य लिएको छ। यस्तै निक्षेप सङ्कलन ९० करोड र कर्जा प्रवाह रु ९४ करोड रुपैयाँ पु¥याउने लक्ष्य लिइएको सहकारीका कोषाध्यक्ष राजमान महर्जनले जानकारी दिए।