एनएमबि लघुवित्तको एक लाख आठ हजार ७३३ कित्ता शेयर लिलामीमा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूहको १ लाख ८ हजार ७३३ कित्ता शेयर लिलामीमा राखेको छ।

संस्थाको लिलामी शेयर खरिदका लागि माघ ५ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १० गतेसम्म तोकिएको छ ।

लिलामीको शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ वा सो भन्दामाथि बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन पेश गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन् ।

संस्थाले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म बिक्री गरेको हकप्रदमा नबिकेको शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र आवेदन काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल लिमिटेड, कास्कीको पोखरास्थित मिलनचोकमा रहेको एनएमवि लघुवित्त वित्तीय संस्थाको कार्यालय र सनराइज बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेश गर्न सकिनेछ ।