साल्ट ट्रेडिङ्गको लाभांश घोषणा, लगातार तीन आर्थिक वर्षसम्म बढेन

0
Shares

साल्ट्र ट्रेडिङ्ग कर्पोरेन्स ले शेयरधनीलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस कर्पोरेशको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

कम्पनीले यसअघिका अघिल्ला दुई आव २०७४/७५ र २०७३/७४ मा पनि २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसअघि २०७२/७३ भने कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बाँडेको थियो।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १५ करोड ३५ लाख ४१ हजार ८०० रूपैयाँ रहेको छ। २५ प्रतिशत (३ करोड ८३ लाख ७२ हजार ९३७ रुपैयाँ) बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १९ करोड १९ लाख २७ हजार २५० रूपैयाँ पुग्नेछ।

साल्ट टेड्रिङ्गमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ। कम्पनीको शेयर पुस २४ गते नेप्सेमा प्रतिकित्ता एक हजार ९६० रुपैयाँमा कारोबार भएको छ।