साना किसानको लाभांश पारित, ग्रामीण उद्यम परियोजना संचालन गर्दै

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अठारौं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४% नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको बोनस शेयर वितरण चुक्ता पूँजी एक अर्ब दुई करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ कायम हुनेछ।

लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार लघुवित्तको लाभांश पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

वित्तीय संस्थाले २०७६ मंसिरसम्म ९२ अर्ब ४१ करोड कर्जा लगानी गरी ७१ अर्ब ८१ करोड असुली गरेको र लगानीमा रहेको कर्जा २० अर्ब ६० करोड पुगेको देखाएको छ ।

संस्थाले लघु तथा कृषि वित्त सेवा, भुकम्प प्रभावित समुदायको लागि जीविकोपार्जन पुनरस्थापना, किसानका लागि उन्न विउविजन, नविकरणीय उर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन प्रवद्र्धन, पशुपालन तथा तरकारी खेति, सीप तथा क्षमता विकास, सामाजिक÷ साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएको जनाएको छ ।

संस्थाले एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा ग्रमीण उद्यम लगानी परियोजना सञ्चालन गर्ने भएको छ । यो परियोजना अन्तर्गत आगामी ५ वर्ष भित्र सामुहिक ५० र व्यक्तिगत ५०० कृषि उद्यम सञ्चालन ल्याउने कार्यक्रम रहेको संस्थाले जनाएको छ।