पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत २२ हजार घुस सहित नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरी पुडासैनीलाई २२ हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेस्न पेस्की लिनका लागि आएका सेवाग्राहीसँग पुडासैनीले २२ हजार घुस लिएको अख्तियारले बताएको छ ।

पुडासैनीलाई घुस लिइसकेको अबस्थामा एकान्तकुनाबाट गत शुक्रबार नियन्त्रणमा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।