हाथवे इन्भेष्टमेन्टको प्रबन्धक सञ्चालकबाट बाहिरिए पौडेल

0
Shares

हाथवे इन्भेष्टमेन्टको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका अम्बिका प्रसाद पौडेलले राजीनामा दिएका छन्। पौडेलको राजीनामा पनि हाथवेको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।

आगामी दिन होटल तथा जलविद्युत क्षेत्रमा सक्रिय हुने योजनामा रहेका पौडेलले हाथवेलाई समय दिन नसक्ने भएपछि राजीनामा दिएका हुन्। नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत भैसकेका पौडेल शेयर बजारका सक्रिय लगानीकर्ताको रुपमा चिनिन्छन्।

निजामती सेवालाइ छोडेर धितोपत्र बजारमा केही गर्ने योजना सहित पूँजीबजार प्रवेश गरेका पौडेलले पछिल्लो समयमा धेरै सूचीकृत संस्थाको सञ्चालक तथा अध्यक्ष पनि भैसकेका छन्।