लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद बाँडफाँड, एक लाख कित्ता बिकेन

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म जारी गरेको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर पुस २५ गते शुक्रबार बाँडफाँड गरेको छ। जसमा ९९ हजार ७२६ कित्ता शेयर बिक्री नभएको देखिएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले रितिपूर्वक आवेदन दिने ७ हजार ३५२ जना आवेदकले कूल १६ लाख ६० हजार २७४ कित्ता शेयर बाँडफाँड गरेको हो। इन्स्योरेन्सले १० बराबर २ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको थियो।

हकप्रदमा अवितरित ९९ हजार ७२६ कित्ता शेयर इन्स्योरेन्सले केही दिनभित्रै बिक्री प्रबन्धक सीबीआईएल क्यापिटल मार्फत लिलामी आवेदन माग गरि बिक्री गर्ने तयारी गरेको छ। इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ। ग्रेड ३ रेटिङ्गले औसत आधार जनाउँछ।

इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा पुस २७ गते आइतबार प्रतिकित्ता ३९० रुपैयाँमा कारोबार भएको छ।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात बीमा समितिले तोकको न्यूनतम चुक्ता पूँजी अर्थात  १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ। कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

एनएफआरएस प्रणाली लागू भएपछि आव २०७४।७५ मा लाभांश वितरण गर्न नसकेको कम्पनीले कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । आव २०७३।७४ मा कम्पनीले १२.८२ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश वितरण गरेको थियो।