नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स किन्ने, कारोबार रोक्का

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता गरेको छ । बैंकसँग प्राप्तीमा जाने सम्झौता भएसँगै पुस २८ गते सोमबारदेखि नेप्सेमा फाइनान्सको शेयर कारोबार रोक्का भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) अनुसार कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ

सम्झौता अनुसार दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) बाट शेयर स्वाप रेसियो तय हुने बताइएको छ ।

बैंकको आजै सम्पन्न हुने ३३ औं वार्षिक साधारण सभाले गत आवको १०.५० प्रतिशत बोनस र ८.५ प्रतिशत नगद पारित गर्दैछ। बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँ पुगेको छ।

उता चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पूँजी ४० करोड २१ लाख ४२ हजार रुपैयाँ रहेको छ।

सोमबार इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता ४१९ रहेको छ भने फाइनान्सको १०१ रुपैयाँमा कारोबार भैरहेको छ ।