सवा दुई घण्टामा एक अर्ब बढीको शेयर कारोबार

0
Shares

बैंकिङ्ग प्रणालीमा तरलता, धितोपत्र बोर्डमा नयाँ नेतृत्व र अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिका कारण लगानीकर्ताको मनोबल निरन्तर बढ्दा पुस २८ गते सोमबार कारोबार खुलेको सवा दुई घण्टामा एक अर्ब बढीको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेप्से सूचक २१ अंकले बढेर १२७७ बिन्दुमा पुगेको छ। यस अवधिसम्म १७९ कम्पनीको ३१ लाख बढी कित्ता शेयर खरीद बिक्री भएका छन्।

म्युचुअल फण्ड र उत्पादमूलक उपसमूहका सूचक घटेका छन् भने जलविद्युत्त, बीमा, विकास बैंक र अन्य, होटल, लगायतका सूचकमा उच्च बढोत्तरी भएको छ ।

यस अवधिसम्म नेपाल टेलिकमको सबैभन्दा धेरै करिब ६ करोडको कारोबार भएको छ ।घोडिघोडा लघुवित्त, प्रुडेन्सियल इन्सोरेन्स र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दिब्यश्वरी हाइड्रोको शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन्।

आइतबार ४२ अंकले बढेको बजारमा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।