लगानीकर्तालाई निराश बनाएको आँखुखोलाको साधारण सभा यसकारण भयो स्थगित

0
Shares

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ । कम्पनीले दुई आर्थिक बर्षको गरी ११ औं र १२ औं वार्षिक साधारण सभा नक्साल बैङ्क्वेट काठमाडौंमा पुस २८ गते सोमबार ११ बजे बोलाएको थियो।

साधारण सभामा उपस्थित शेयरधनीहरुको कोरम नपुगेपछि साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अर्काे सूचना प्रकाशित गरेर पुन साधारण सभा आह्वान गर्नेछ।

उक्त साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु माथि छलफल र पारित गर्ने कार्यक्रम थियो ।

आँखु खोला हाइड्रोपावरले अघिल्लो असोजमा सर्वसाधारणमा शेयर जारी गरेको थियो । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँमा झरेको छ । आईपिओमा खरिद गरेको भन्दा शेयरको मूल्य झण्डै आधा भएपछि कम्पनीका लगानीकर्ता निराश भएकाले साधारण सभामा उपस्थित नुहँदा कोरम नपुगेपछि सभा स्थगित भएको हो ।