विमानस्थल,रेलवे र फास्ट ट्रयाक निर्माणको लागि स्रोत अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनकपुरदेखि भारतको जयनगर रेल मार्गको निरिक्षणको क्रममा अर्गमन्त्री खतिवडाले सो प्रतिवद्धता जनाएका हुन् ।

जनकपुर जयनगर रेल्वे सेवा सुरु भए सँगै मालसामान ढुवानीको लागत घट्न जाने र महँगी नियन्त्रण सहज हुनुका साथै नेपाली यातायात तथा पारवहनमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ।

आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने अर्थमन्त्री खतिवडाको धारणा छ ।