नेप्सेमा सूचीकृत २६ कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

0
Shares

नेपाल स्टक एक्सचेृञ्जमा सूचीकृत २६ कम्पनीले पुस २९ गते मंगलबार एकैदिन गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्दैछन्। पुस महिनाको अन्तिम दिन रहेकाले मंगलबार एकैदिन दुई दर्जन बढी कम्पनीले साधारण सभा सम्पन्न गर्न लागेका हुन्।

नयाँ आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै सूचीकृत कम्पनीले साधारण सभा सम्पन्न गर्नुपर्ने नियम रहेको छ। यहि नियमको कारवाही छल्ने उदेश्यले अन्तिम दिन सबै कम्पनीले साधारण सभा बोलाएका हुन्। ६ महिनाभित्र साधारण सभा सम्पन्न नगर्ने कम्पनी नेप्सेले वर्गिकरण गर्ने कम्पनीको सूचीमा खराब श्रेणिमा पर्ने तथा जरिवाना तिर्नुपर्ने व्यवस्था रहेकाले पनि अन्तिम समयमा मात्रै का मगर्ने तरिका सूचीकृत कम्पनीले पनि अपनाएका छन्।

एकैदिन साधारण सभा बोलाउँदा आफ्ना शेयरधनी उपस्थिति कम हुने भएकाले पनि आफ्नो गल्ति ढाकछोप गर्ने उदेश्यले पनि यहि दिनलाई कतिपय कम्पनीहरुले अवसरको रुपमा लिने गरेको लगानीकर्ता बताउँछन्। यसरी एकैदिन साधारण सभा सम्पन्न गरेर गरिने सभा केवल नियमको पालनाका मात्र हुने गरेको छ।

मंगलबार ७ विकास बैंक, ८ लघुवित्त कम्पनी, ७ फाइनान्स कम्पनी, २ जलविद्युत कम्पनी एक होटल र अन्य समूहको नेपाल टेलिकमले आजै साधारण सभा सम्पन्न गर्दैछन्। जसमा ग्रीन डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस र समृद्धि फाइनान्स तथा बरुण हाइड्रोपावर गरि चार कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्नेछैनन् भने बाँकी २१ कम्पनीले लाभांश हनुमोदन सहित अन्य प्रस्ताव पारित गर्दैछन्।

हिमालयन बैंक, सेञ्चुरी बैंक, एनसीसी बैंक वाणिज्य बैंक सहित अन्य धेरै कम्पनीहरुले अझैपनि साधारण सभा सभा बोलाएका छैनन्।
पुस २९ गते साधारण सभा सम्पन्न गर्ने २६ कम्पनी र प्रमुख एजेण्डा यस्ता छन्।

१. नेपाल टेलिकम

बाह्रौँ वार्षिक साधारण सभा

समय:- दिउँसो १ बजे, त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकाली

मुख्य एजेण्डा:- कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने साथै विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रबन्धपत्र संशोधन गर्ने

लाभांश:- प्रतिशेयर ४५ रुपैयाँ नगद

बुकक्लोज:-पुस १५ गते

२. लुम्बिनी विकास बैंक

१२ औँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, अमृतभोग, कालिकास्थान

मुख्य एजेण्डा:- अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजन सहित गरी १५ प्रतिशत नगद

बुकक्लोज:- पुस २३ गते

३. ज्योति विकास बैंक

१२ औँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्साल

मुख्य एजेण्डा:- अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन

लाभांश:- चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर

बुकक्लोज:- पुस १६ गते

४. कञ्चन डेभलपमेन्ट बैंक

१० औँ वार्षिक साधारण सभा

समय:- बिहान साढे ११ बजे, होटल ओपेरा प्रा..लि., महेन्द्रनगर

मुख्य एजेण्डा:- अन्य उपुयक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरी मर्जर अथाव एक्वीजिशनको कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद

बुकक्लोज:- पुस १५ गते

५. गण्डकी विकास बैंक

बाह्रौँ वार्षिक साधारण सभा

समय:- बिहान ९ बजे, होटल पोखरा ग्राण्ड, विरौटा

मुख्य एजेण्डा:- मेगा बैंकसँगको प्राप्ति सम्बन्धी एमओयूको जानकारी दिने

लाभांश चुक्ता पूँजीको १७।३२ प्रतिशत नगद
बुकक्लोज:- असोज ९ गते

६. सांग्रिला डेभलपमेन्ट बैंक

पन्ध्रौँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, लैनचौर ब्याङ्क्वेट, लैनचौर

मुख्य एजेण्डा:- स्वतन्त्र सञ्चालक तथा सञ्चालकको नियुक्ति अनुमोदन, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- कर सहित ८.९५ प्रतिशत नगद

बुकक्लोज:- पुस १५

७. सिन्धु विकास बैंक

दशौँ वार्षिक साधारण सभा

समय:- बिहान साढे ११ बजे, उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसे सिन्धुपाल्चोक

मुख्य एजेण्डा:- बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद

बुकक्लोज:- पुस १६ गते

८. ग्रीन डेभलपमेन्ट बैंक

सातौं वार्षिक साधारण सभा

समय:- बिहान ९ बजे, होटल वाराही, पोखरा

मुख्य एजेण्डा:- सभामा मर्जर तथा एक्वीजिसनको लागि मर्जर जोडी खोज्ने, मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जसम्बन्धि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालक समितिको बैठकमा उपस्थीत हुने व्यवस्था थप गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम डेभलपमेन्ट बैंकको सञ्चालक पुनः नियुक्ति तथा मनोनित हुन सक्ने सम्बन्धमा आवश्यक संशोधन गर्ने

लाभांश:- शुन्य लाभांश

बुकक्लोज:- पुस १६ गते

९. फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स

सातौँ वार्षिक साधारण सभा केन्द्रीय कार्यालय, दुहवी, सुनसरी

समय:- बिहान साढे १० बजे

मुख्य एजेण्डा:- वित्तीय संस्थाको नाम परिवर्तन गर्ने, पूँजी वृद्धि गर्ने र अन्य लघुवित्तलाई गाभ्ने।गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने

लाभांश:- ३२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि सहित १२.५० प्रतिशत नगद

बुकक्लोज:- पुस १५ गते

१०. उन्नति माइक्रोफाइनान्स

पाँचौ वार्षिक साधारण सभा

समय:- बिहान साढे १० बजे, होटल पौवा, भैरहवामा

मुख्य एजेण्डा:- सहकार्य लघुवित्तसँग १ बराबर ०.७५ शेयर स्वाप अनुपातमा मर्ज हुने प्रस्तावलाई अन्तिम स्वीकृती दिने, मर्जरपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, मर्जरपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने, मर्जरपश्चात कम्पनीको शेयर संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारण समूहको २४.५५ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको वित्तीय संस्थामा स्तरोन्नति गर्ने

लाभांश:- चुक्ता पूँजीको ३८.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.०३ प्रतिशत नगद

बुकक्लोज:- पुस १५ गते

११. समता माइक्रोफाइनान्स

छैठौं वार्षिक साधारण सभा

समय:- दिउँसो १ बजे, होटल इच्छा प्रा।लि।, सिमरा

मुख्य एजेण्डा:- उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्वीजिसनमा जाने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एक जना महिला सञ्चालक निर्वाचन गर्ने, आवश्यक मापदण्ड पुरा भइसकेको हुँदा राष्ट्रिय स्तरमा स्तोन्नती हुन राष्ट्र बैंकमा प्रक्रिया अघि बढाउने

लाभांश:- चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.५२ प्रतिशत नगद

बुकक्लोज:- पुस १९ गते

१२. समीट माइक्रोफाइनान्स

एघारौँ वार्षिक साधारण सभा

समय:- बिहान १० बजे, अग्रसेन भवन, बिर्तामोड

मुख्य एजेण्डा:- शेयर संरचना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने

लाभांश:-चुक्ता पूँजीको २१.०९ प्रतिशत बोनस र १.११ प्रतिशत नगद

बुकक्लोज:- पुस १६ गते

१३. विजय लघुवित्त

सातौं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, फेमेली जक्सन क्याफे एण्ड क्याटेरिड। सेन्टर काँग्रेस चोक, गैडाकोट

मुख्य एजेण्डा:- चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने ,सभामा लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बन्धि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकह?को निर्वाचन

लाभांश:- चुक्ता पूँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद

बुकक्लोज:- पुस १३ गते

१४. मिथिला लघुवित्त

एघारौं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, राधाकृष्ण मन्दिर तथा सामुदायिक भवनको हल, ढल्केवर धनुषा

मुख्य एजेण्डा:- सञ्चालक समितिमा ४ जना संस्थापक शेयरधनीह?को समूहको प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, चुक्ता पूँजी वृद्धि गर्ने, शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको शेयर सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्ने सम्बन्धी प्रस्ताव

लाभांश:- चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद

बुकक्लोज:- पुस १५ गते

१५. सपोर्ट माइक्रोफाइनान्स

पाँचौं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, होटल पाथिभरा इन्टरनेशनल प्रा.लि., इटहरी

मुख्य एजेण्डा:- बोनस पश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने, प्रादेशिक कार्यक्षेत्र र अन्य लघुवित्तसँग मर्जर अथाव एक्वीजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद

बुकक्लोज:- पुस १४

१६. नेपाल सेवा लघुवित्त

पाँचौं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोक

मुख्य एजेण्डा:- बोनस पश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन, मर्जर अथवा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा स्थापना गर्ने

लाभांश:- चुक्ता पूँजीको २.५ प्रतिशत बोनस र ०.१२५ प्रतिशत नगद

बुकक्लोज:- पुस १६ गते

१७. युनाइटेड फाइनान्स

२५ औं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, कार्की बैंकेट, बबरमहल

मुख्य एजेण्डा:- भारतको मुत्तूट फाइनान्सबाट सञ्चालक समितिमा १ जना प्रतिनिधित्व रहने बाहेक संस्थापक शेयरधनीको तर्फबाट ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने

लाभांश:- चुक्ता पूँजीको ३ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ सहित ६.५२ प्रतिशत नगद

बुकक्लोज:- पुस ९ गते

१८. गुडविल फाइनान्स

२५ औँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, गुडविल कम्प्लेक्स, हात्तीसार

मुख्य एजेण्डा:- सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला तथा संस्थापक शेयरधनीह?को तर्फबाट ३ जन, सर्वसाधारणको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने

लाभांश:- कर सहित १० प्रतिशत नगद

बुकक्लोज:- पुस १६ गते

१९. आईसीएफसी फाइनान्स

सोह्रौँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, सीएमडी फुडल्याण्डमा

मुख्य एजेण्डा:- गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- चुक्ता पूँजीको ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजनको लागि सहित ८ प्रतिशत नगद

बुकक्लोज:- पुस १५ गते

२०. गुहेश्वरी फाइनान्स

१८ औं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, गुहेश्वरी भवन, हरिहर भवन ललितपुर

मुख्य एजेण्डा:- उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश :-चुक्ता पूँजीको ६.५ प्रतिशत नगद

बुकक्लोज:- पुस २२ गते

२१. मञ्जुश्री फाइनान्स

१२ औँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा

मुख्य एजेण्डा:- उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्ने, सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकह?को निर्वाचन गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- चुक्ता पूँजीको १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद

बुकक्लोज:- पुस १५

२२. सिटी एक्सप्रेस फाइनान्स

चौधौँ वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, सि डब्लु रेष्टुरेन्ट, कमलादीमा

मुख्य एजेण्डा:- नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्ती हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- शुन्य लाभांश

बुकक्लोज:- पुस १६ गते

२३. समृद्धि फाइनान्स

१८ औँ वार्षिक साधारण सभा

समय:- बिहान १० बजे, होटल सामना, हेटौंडामा

मुख्य:- एजेण्डा चुक्ता पूँजीको १ बराबर १.२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, अन्य बैंक, तथा वित्तीय संस्थासँग मर्जर तथा क्रिष्टल फाइनान्स एक्वीजिसनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

लाभांश:- शुन्य लाभांश

बुकक्लोज:- पुस २२ गते

२४. तारागाउँ रिजेन्सी होटल

२३ औं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रेक्षालय, कमलादी

मुख्य एजेण्डा:- लाभांश अनुमोदन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने

लाभांश:- चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश

बुकक्लोज:- पुस ८ गते

२५. छ्याङ्दी हाइड्रोपावर कम्पनी

छैटौं वार्षिक साधारण सभा

समय:- बिहान ११ बजे, नक्साल बैंक्वेट नक्साल

मुख्य एजेण्डा:– बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने

लाभांश:- चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद

बुकक्लोज:- पुस १५ गते

२६. बरुण हाइड्रोपावर

१६ औँ वार्षिक साधारण सभा

समय:- बिहान १० बजे, युनियन हाउस, अनामनगर

मुख्य एजेण्डा:- गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने

लाभांश:- शुन्य लाभांश

बुकक्लोज:- पुस १७ गते