मध्यपूर्वको तनाव सेलाएसँगै सुन-चाँदीको भाउ घट्दै

0
Shares

पछिल्लो समय बढ्दै आएको सुन तथा चाँदीको भाउ मध्यपूर्वको तनाव सेलाएसँगै विस्तारै घट्न थालेको छ।

मंगलबार सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले पुस २९ गते मंगलबारका लागि छापावाला सुनप्रतितोला ७४ हजार रुपैयाँ, तेजावी सुन ७३ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँ निर्धारण गरेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो। पछिल्लो दुई दिनमा मात्रै सुन एक हजार रुपैयाँले घटेको छ।

पुस २८ गते सोमबार छापावाला सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँ, तेजावी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँ तथा चाँदी ८९० रुपैयाँमा कारोबार भएको थियो।