विनयमोहन क्वात्रा नेपालका लागि भारतीय राजदूत नियुक्त

0
Shares

भारत सरकारले विनयमोहन क्वात्रालाई नेपालको लागि राजदूत नियुक्त गरेको छ। यसअघिका भारतीय राजदूत मञ्जीभसिंह पुरीको ३ वर्षे कार्यकाल गत डिसेम्बरमा सकिएपछि नयाँ राजदूतको रुपमा क्वात्रालाई जिम्मेवारी दिईएको हो।

नव नियुक्त राजदूत क्वात्रा सन् २०२० फेब्रुेअरीको पहिलो साता काठमाडौं आउनेछन्।

फ्रान्सको राजदूत भई अनुभव संगालिसकेका विनय मोहन क्वात्रा भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत रहेका छन्। उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सह–सचिवका रूपमा काम गरिसकेका छन्।

अनुभवी कूटनीतिज्ञको रूपमा चिनिने उनले राष्ट्रसंघका लागि जेनेभा तथा न्यूयोर्क र चीनमा समेत कार्यअनुभव संगालिसकेका छन्।