ज्योति विकास बैंकले म्युचुअल फण्ड सञ्चालन गर्ने, बोनस पारित

0
Shares

ज्योति विकास बैंकको मंगलबार सम्पन्न १२ औं वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर अनुमोदन गरेको छ। सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्सालमा सम्पन्न सभाले म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

यसैगरि बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत मन महर्जनको मात्र उम्मेदवारी परेकोले उनि निरविरोध निर्वाचित भएको बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत पारस राज कँडेलले जानकारी दिए।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्र बिन्दुमा राखेर शेयरधनीहरुलाई उचितलाभाँश दिँदै सम्पूर्ण नागरिकहरुको हितमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालिले शेयरधनीहरुको जिज्ञाशाको जवाफदिने क्रममा बैंकले तय गरेको उद्देश्य, दुरदृष्टि, ध्येय तथा आधारभूत मूल्यमान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको जानकारी दिए।

साधारण सभाका लागि बैंकले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेकाले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभाबाट पारित भएको लाभांश पाउनेछन्।