आइ.सि.एफ.सि. फाइनान्सको १३ प्रतिशत लाभांश अनुमोदन

0
Shares

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको मंगलबार सम्पन्न सोह्रौं वार्षिक साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १३ प्रतिशत लाभांश अनुमोदन भएको छ।

सि.एम.डि. फुडल्याण्ड, टंगाल, काठमाण्डौमा मंगलबार सम्पन्न सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो।

वार्षिक साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना टंकराम गौतम, अच्युतराज आचार्य र श्रीमती हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेको छ।

साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ।

चुक्ता पूँजी ८८ करोड २१ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टार र १७ वटा ए.टि.एम. मार्फत ७८ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ।

फाइनान्सले हालसम्म ११ अर्ब ३९ करोड निक्षेप संकलन गरि ९ अर्ब ३९ करोड कर्जा प्रवाह गरिसकेको छ।