सांग्रिला डेभलपमेन्ट बैंकको ८.९५ प्रतिशत लाभांश अनुमोदन

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज (पुस २९ गते मंगलबार) सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ८.९५९३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ।

लैनचौर ब्याङ्क्वेटमा सम्पन्न सभाले चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको हो।

उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ।

सभाले चालु आ.व. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ।

बैंकले देशभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।