प्रोग्रेशिभ फाइनान्स अस्तित्व मेटाएर मर्जर प्राप्तीमा नजाने

0
Shares

प्रोग्रेशिभ फाइनान्स आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा एक्विजिशनमा नजाने भएको छ।  फाइनान्सको पुस २८ गते सोमबार सम्पन्न तेइसौं वार्षिक साधारण सभामा फाइनान्स अध्यक्ष किशोर कुमार महर्जनले आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा एक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने शेयरधनी माझ बताएका हुन्।

साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफमा प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे।

साधारण सभामा अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५/७६मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए।

ललितपुर स्थित ज्यापू प्रज्ञा भवनको सम्पनन सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।

हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजाल मार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ।