विश्व बैंकद्धारा २२ अर्ब ६५ करोड ऋण सहायता, ८६ हजार घर पुनर्निर्माण गरिने

0
Shares

विश्व बैंकले भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता प्रदान गर्ने भएको छ।

पुनर्निर्माण परियोजनाको दोस्रो चरणको कामका लागि नेपाललाई यो ऋण सहायता उपलब्ध गराउने बैंकले जनाएको छ । उक्त रकम थप ८६ हजार ६८० घरको पुनर्निर्माणमा खर्च गरिनेछ ।

भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुनेछ । विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो भने सन् २०१७ मा थप ९६ हजार घर पुनर्निर्माणमा सहयोग गरेको थियो।

विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको छ ।