गुडविल फाइनान्सको लाभांश पारित, २५ करोडको ऋणपत्र निष्कासन गर्ने

0
Shares

गुडविल फाइनान्सको २५औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले २५ करोड रुपैयाँबराबरको डिबेन्चर निष्कासन गर्ने तयारीमा रहेको जानकारी दिए ।

उनका अनुसार ७ वर्ष अवधि रहेको डिबेन्चरमा १२ प्रतिशत ब्याजदरमा ६/६ महिनामा भुक्तानी हुनेछ । प्रतिडिबेन्चर १ हजारका दरले २ लाख ५० हजार ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ निष्कासन गरिनेछ ।

निष्कासन गरिने कुल कित्तामध्ये १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई दिइएको छ।

फाइनान्सले निष्कासन गर्न लागेको सो ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी बीबी’ रेटिङ्ग दिएको छ।

साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ । जसअन्तर्गत संस्थापक सेयरधनीहरूका तर्फबाट सुधीरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला सञ्चालक) तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।