एनएमबि बैंक सहित तीन कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा

0
Shares

एनएमबि बैंक सहित तीन कम्पनीले गत आर्थिक बर्षको पारित नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न थालेका छन् । एनएमबि बैंक, लुम्बिनी विकास बैंक तथा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउने भएका हुन्।

एनएमबि बैंकको पुस २४ गते सम्पन्न २४ औं वार्षिक साधरण सभाले कर सहित १४ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त नगद लाभांश माघ २ गते (आज) देखि जम्मा गर्ने शेयरधनीको बैंक खातामा जम्मा गर्ने भएको छ ।

हालसम्म पनि भौतिक रुपमा नै शेयर प्रमाणपत्र र शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्ने बैंकले उल्लेख गरेको छ । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

साविक ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस शेयरको कर बापतको रकम बुझाउन बाँकी शेयरधनीहरुको हकमा कर बापतको रकम कट्टा गरी बाँकी रकममात्र भुक्तानी गरिने बैंकले जनाएको छ।

यस्तै, लुम्बिनी विकास बैंकले कर सहित १५ प्रतिशत नगद लाभांश माघ १ गतेदेखि नै जम्मा गर्न थालेको छ। बैंकको पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण लाभांश पारित गरेको थियो । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा सो लाभांश जम्मा गरेको जनाएको छ ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि माघ २ गते (आज) देखि नगद लाभांश जम्मा गर्ने भएको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत उक्त लाभांश जम्मा गने जनाएको छ ।