सरकारले युरोपेली बैंकबाट १३ अर्ब ऋण स्वीकार्ने, यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णयहरु

0
Shares

सरकारले युरोपेली लगानी बैंकबाट १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार (आज) सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट ऋण सहायत लिन लागेको जानकारी दिएका हुन् ।

साथै सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो।

मन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायतासम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसदमा पेश गर्ने जानकारी समेत दिएका छन् ।

यी हुन् मन्त्रिरिषद बैठकले गरेका २० वटा निर्णयहरु