राष्ट्रिय वाणिज्य बैंकले १२ प्रतिशत लाभांश बाँड्ने, साधारण सभा आह्वान

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

सो लाभांश प्रस्ताव सहितको अन्य प्रस्ताव पारित गर्न बैंकले माघ २४ गते राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित बैंकको सभाहलमा अपरान्ह २ बजे तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

यसअनुसार बैंक सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम साधारण सभाबाट कर प्रयोजन सहित १ अर्ब ८ करोड ५ लाख ७५ हजार ४८४ रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ। यस्तै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, लेखापरिक्षणका लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

राष्ट्रिय वाणिज्य बैंकमा बैंकमा गाभिएको एनआईडिसी डेभलपमेन्ट बैंक तर्फको एक प्रतिशत मात्र (३० हजार ९१० कित्ता ) शेयर रहेको छ।

यसअघिका पटक-पटक आईपीओ जारी गर्ने बताएपनि हालसम्म पनि सर्वसाधारणमा राष्ट्रिय वाणिज्य बैंकले शेयर जारी गरेको छैन भने एनआइडिसीतर्फ रहेको सर्वसाधारण शेयरधनीले पनि शेयर वापतको रकम फिर्ता लिन नमानेपछि सानो हिस्सा मात्र बैंकमा सर्वसाधारणको शेयर रहेको छ। बैंकमा हाल सरकारको स्वामित्व ९९.२६ प्रतिशत शेयर स्वामित्व छ ।

सो समयमा एनआइडिसीको सम्पत्ति तथा जायजेथा मूल्याङ्कन अनुसार कायम भएको मूल्य प्रतिकित्ता ४ हजार ४८४ रुपैया ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव गरेपनि शेयरधनीले रकम फिर्ता लिएका थिएनन्।

२०७३ माघ १४ गतेको मन्त्रीपरिषद् बैठकले एनआईडिसिलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरे अनुसार दुई बैंकले सम्झौता गरि २०७५ बैशाख १९ गतेदेखि (एक बराबर एक शेयर स्वापको समान हैसियतमा गाभिएर) एकीकृत कारोबार थालेका थिए।