सिन्धु विकास बैंकको साधारण सभा स्थगित

0
Shares

सिन्धु विकास बैंकले पुस २९ गते डोकेको दशौँ वार्षिक साधारण सभा स्थगित भएको छ । सभामा आवश्यक गणपुरक संख्यामा शेयरधनी अनुपस्थिति हुँदा बैंकको दशौं वार्षिक साधारण सभा स्थगित भएको हो।

बैंक सञ्चालक समितिले पुस २९ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे बैंकको दशौँ वार्षिक साधारण सभा आह्वान गरेको थियो। यससँगै अब सञ्चालक समितिले पुन अर्को मितिमा सभा आह्वान गर्नेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस (५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको) शेयर र ०.५७ प्रतिशत (२८ लाख ७८ हजार ६३४ रुपैयाँ) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको थियो।

यस्तै मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा राखिएको थियो।

 बैंकले साधारण सभाको लागि पुस १६ गतेदेखि बुकक्लोज गरिसकेकाले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ।