प्रभु इन्स्योरेन्सले प्रस्तावित लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश पारित गर्न माघ २४ गते २४ औं बार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनी संचालक समितिको ३७८ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनस वितरण पश्चात भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५३ लाख २९ हजार पुग्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १० गते शेयर दाखिला खारेज बन्द हुने जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन माघ ९ गते बिहीबारसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीको साधारण सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।