लक्ष्मी बैंकको डेबिट कार्ड र एटिएम सेवा आइतबार अवरुद्ध हुने

0
Shares

लक्ष्मी बैंकले यहि माघ ५ गते आइतबारका दिन डेबिट कार्ड तथा एटिएम सेवा नचल्ने जानकारी गराएको छ । बैंकले आफ्नो ई.एफ.टि स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको भन्दै उक्त एकदिन सेवा बन्द हुने जनाएको हो ।

बैंकका अनुसार माघ ५ गते डेबिट कार्डको सेवा दिउँसो २ बजेदेखि करिब ५ घण्टा र एटिएम सेवा करिब २४ घण्टासम्म अवरुद्ध हुने जानकारी गराउँदै सूचना जारी गरेकोे छ ।

लक्ष्मी बैंकको एटिएम सेवा बन्द भए पनि सोे समयमा ग्राहकले अन्य बैंकका एटिएमहरुबाट पैसा निकाल्न वा कारोबार गर्न सक्ने बताएको छ । साथै, अन्य बैंकका एटिएमबाट कारोबार गर्दा लागेको सेवा शुल्क फिर्ता हुने बैंकले जनाएको छ ।