प्रभु इन्स्योरेन्सले तोक्यो बुकक्लोज

0
Shares

प्रभु इन्स्योरेन्सले माघ २४ गते आह्वान गरेको २४ औं वार्षिक साधारण सभाका लागि शेयर दाखिला खारेजी मिति तोकेको छ ।

कम्पनीले नेप्सेमा सूचना जारी गर्दै कम्पनी सञ्चालक समितिको ३८० औं बैंठकले माघ १० गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्ने मिति तय निर्धारण भएको जनाएको हो।

यसअनुसार माघ ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र इन्स्योरेन्सको प्रस्तावित लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन्।

कम्पनीले माघ २४ गते सभा प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा बिहान ११ बजे सभा बोलाएको छ। उक्त सभाले कम्पनीले गत आव २०७५/७६ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस र कर प्रयोजनकासहित ११.३२ प्रतिशत नगद गरि कूल १६.३२ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

पाँच प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।