दुई घण्टामा एक अर्बको कारोबार, आठ कम्पनीको शेयरमूल्य सर्किट नजिक

0
Shares

शेयर बजारमा माघ ५ गते आइतबार बजार खुलेको दुई घण्टमा नै एक अर्ब ७ करोडको कारोबार भएको छ । १७४ कम्पनीको ३० लाख कित्ता शेयर १० हजार ९१४ पटक खरीद बिक्री भएका छन्।

कारोबारमा आएका आठ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। प्राइम लाईफ, प्रुडेन्सियल इन्स्योरेन्स लगायतको आठ कम्पनीको शेयरको भाउ उच्च बढेको छ ।

उता घोडिघोडा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढीले घटेको छ भने सिनर्जी हाइड्रो र स्वाबलम्बन लघुवित्तको ३ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका सबै उपसमूहको सूचकमा हरियाली छाएको छ। बीमा, जलविद्युत्त, वित्त र विकास बैंक उपसमूहको सूचकमा उच्च वृद्धि देखिएको छ। हिमालयन डिष्टलरी र शिवम् सिमेन्टसको धेरै कारोबार भएको छ ।

यस अवधिसम्मा नेप्से परिसूचक २२ अंकले बढेर १ हजार ३३२ अंकमा पुगेको छ ।