प्रदेश मन्त्रिमण्डल विस्तार : चार राज्यमन्त्री नियुक्त

0
Shares

प्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्त गरेका हुन्।

नियुक्त हुने राज्यमन्त्रीमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास, जसमाया गजमेर सामाजिक विकास र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेका छन्।

मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन्। नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर झापा तथा विश्वास मोरङ जिल्लाका रहेका छन्।