दुई हजार धनाड्यसँग साढे चार अर्ब गरिबहरुको भन्दा धेरै सम्पत्ति

0
Shares

विश्वका सबैभन्दा धनी २ हजार धनाड्यासँग ४ अर्ब ६ करोड मानिसहरुसँग भन्दा बढी सम्पत्ति रहेको तथ्य बाहिरिएको छ।  ओक्सफ्यामको रिपोर्ट अनुसार सन् २०१९ मा विश्वका २ हजार १५३ जना धनाड्यले ४.६ बिलियन गरिबहरुसँग भएको भन्दा धेरै पैसा नियन्त्रण गरेको उक्त रिर्पोर्टमा उल्लेख छ।

स्विट्जरल्याण्डको नैरोबीको मुख्यालयले दाभोसमा सार्वजनिक गरिएको विश्वभरका महिलाले हरेक दिन १२.५ अर्ब घण्टा बिना तलब काम गर्न बाध्य रहेको उल्लेख गरिएको छ। ओक्सफ्यामले भनेको छ विश्व अर्थतन्त्रमा बिना ज्याला अथवा कम ज्यालामा काम गर्ने महिला र केटीहरूको संख्या प्रत्येक वर्ष तीन गुणा बढीले बढीरहेको छ।

अक्सफ्यामले आफ्नो टाइम टु केयर प्रतिवेदनमा महिलाले तिर्नुपर्ने हेरचाह कार्य वापतको रकम विश्व अर्थतन्त्रमा अनुमानित १०.८ ट्रिलियन डलर बराबरको रहेको छ। जुन प्राविधिक उद्योग भन्दा तीन गुणा बढी हो।

अक्सफ्याम इण्डियाका सीईओ अमिताभ बिहारले रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्। महिलाहरूको ज्याला नदिई काममा लगाउने अर्थव्यवस्थाको लुकेको पाटोलाई परिवर्तन गर्नुपर्ने बताए।

-एजेन्सीको सहयोगमा