एनएमबि बैंकको ७ नम्बर प्रदेश कार्यालय सञ्चालनमा

0
Shares

 

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन्।

“सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो” ,प्रमुख कार्यकारी अधिकृत, सुनिल के.सी.ले शाखा कार्यकालर्य उद्घाटन कार्यक्रममा भने।

एनएमबि बैंकको हाल देशभरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।  बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार  १७ : ३४ बजे