प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत

0
Shares

प्रभु बैंकको १० लाख इकाई ‘प्रभु बैंक डिबेन्चर २०८६’ माघ ६ गते सोमबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले गत कात्तिक २१ गतेदेखि २७ गतेसम्म सनराइज क्यापिटल मार्फत प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको थियो। निष्काशित ऋणपत्रमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो भने ६ लाख इकाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

अवधिको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। बैंकको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ ।

सुरुका अवधिमा ऋणपत्रको बिक्री नहुने गरेपनि पछिल्लो समय भने विस्तारै धितोपत्रको दोस्रो बजारमा बढ्दै जान थालेको छ। लगानीयोग्य तरलता अभाव हटाउन केन्द्रीय बैंकले हरेक वाणिज्य बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि सबै बैंकले ऋणपत्र जारी गरेकाले पनि ऋणपत्रको कारोबार नियमित हुन सहज भएको हो।