एनआईसी एशियाको ६ महिनाको नाफा २ अर्ब माथि

0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक आ.व. २०७६/७७ को पुस मसान्तसम्ममा आफ्नो खुद नाफा दुई अर्ब १ करोड खुद नाफा आर्जन गरेको छ ।  यो गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो। सम्ीक्षा अवधिमा बैंकले ३३ प्रतिशतले आफ्नो नाफा बढाएको हो ।

बैंकको वार्षिक बिन्दुगत आधारमा प्रतिशेयर आम्दानी २१ प्रतिशतले बढेर ४१ रुपैयाँ ६१ पैसा तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत र्पुयाएको छ। त्यसैगरी, बैंकले निक्षेप सङ्कलनतर्फ ६ अर्बले वृद्धि गरी १ खर्ब ८६ अर्ब पुर्याएको छ भने कर्जा लगानीतर्फ पनि १५ अर्बले वृद्धि गरी १ खर्ब ६५ अर्ब प्रवाह गरेको छ ।

९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पुस मसान्तसम्ममा बैंकको वितरणेग्य मुनाफा १ अर्ब ७ करोड ४१ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड ५८ लाख रहेको छ।

यसैगरि बैंकले सञ्चालन नाफा ३६ प्रतिशत (७७ करोड) वृद्धि गर्दै २ अर्ब ९० करोड आर्जन गरेको छ। 

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएका बैंकले बताएको छ। बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ। त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रुपले पालना गरेको छ।

विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम १० ग्राहकहरुको कूल कर्जा बैंकको कूल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको बैंकले जनाएको छ। बैंकको कल निक्षेप हाल कूल निक्षेपको ९.४५ रहेको छ। बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अवधिमा ६ अर्बले बढेको छ। निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ।

बैंकले ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखा रहित बैंकिङ्ग मार्फत २१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।