गणपति माइक्रोफाइनान्सको खुद नाफा १ करोड ६६ लाख

0
Shares

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ६६ लाख नाफा कमाएको छ । मुनाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १० पैसा कायम भएको छ।

यस अवधिमा माइक्रोफाइनान्सले २८ करोड ८२ लाख ५७ हजार रुपैयाँ निक्षेप तथा ७७ करोड ४७ लाख ८३ हजार सापटीबाट कूल १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

पुस मसान्तसम्ममा माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड ३५ लाख, जगेडा कोषमा ३ करोड ३० लाख रुपैयाँ सञ्चित छ। यस्तै सञ्चालन मुनाफा २ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ ।

त्यसैगरी, निष्क्रिय कर्जा अनुपातलाई ०.५९ प्रतिशतमा सीमित गरेको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १८.५० गुणा छ।