अर्थतन्त्र सकारात्मक दिशामा: डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी

0
Shares

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मुलुकको अर्थतन्त्र सुधारोन्मख दिशामा अगाडि बढिरहेको बताएका छन्।

कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले बजारमा अर्थतन्त्रका बारेमा धेरै कुराहरु नकारात्मक रुपमा टिकाटिप्पणी हुने गरेपनि त्यस्तो नरहेको बताएका हुन्।

उनले अर्थतन्त्र यता बिग्रियो, उता बिग्रियो, दोहोरो वित्तीय विवरणको व्यवस्थापन गरियो, कारोबार नै हुन नदिने वातावरण बनाइयो, हामीलाई बिजनेश गर्न अप्ठ्यारो भयो भन्ने कुरा पनि नआएको होइन। तर हामीले नेपाल सरकारले सुधारका लागि लगाइएका कदमहरु सुरुको दिनमा केही आलोचित भएपनि अहिले ति कदहरु सकारात्मक भैरहेको संकेतहरु देखा परेका छन्। अर्थतन्त्र सुधारको गतिमा छ।

कार्यक्रमका सिवाकोटीले समारोहलाई सम्बोधन गर्दै बैंकले कृषि क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले लागू गरेको सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई आगामी दिनमा बढाउन आग्रह गरे।

उनले बैंकिङ्ग व्यवसाय आफैँमा जोखिम व्यवसाय भएकोले सचेतपूर्वक आन्तरिक नियन्त्रण प्राणालिलाई थप बलियो बनाउन समेत आग्रह गरे। कुनैबेला ६० प्रतिशतको खराब कर्जा रहेको कृषि विकास बैंकको हाल ३.२९ प्रतिशतमा झार्न सफल हुनु तथा पूँजीकोष अनुपात २० प्रतिशत हुनु आफैँमा प्रशंसा योग्य रहेको बताए।