महुली र नव किरण लघुवित्तबीच मर्जर सम्झौता, वैशाखभित्र एकीकृत कारोबार

0
Shares

महुली लघुवित्तले नव किरण लघुवित्त एक आपसमा गाभिने भएका छन् । माघ ८ गते बुधबार दुई लघुवित्तबीच गाभ्ने तथा गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा महुली लघुवित्तका तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरण लघुवित्तको तर्फबाट मोहन हरी आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन, प्रमुख कार्यकारी अधिकृत र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल रहे बमोजिम नै रहने छ । महुलीको मुख्य कार्यालय सप्तरीमा छ।  नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ । नव किरणले नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि पुगेको छैन्। उसले गत पुस ९ गते लाईसेन्स पाएको थियो ।

दुई संस्था १००:९५ को स्वापमा मर्ज हुन् लागेका हुन् । तर डिडिएपछि भने स्वाप रेसियोमा परिमार्जन हुन सक्ने बताइएको छ । मर्जरपछि आगामी बैशाख भित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ ।