माछापुच्छ्रे क्यापिटल पनि मर्चेन्ट व्यवसायमा प्रवेश

0
Shares

माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।

यस अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

चुक्ता पूँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटलले मर्चेन्ट बैंकर सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको जनाएको छ । साथै निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।

यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी गराए ।

कम्पनीको मुख्य कार्यालय चेम्बर भवन, जमल, काठमाण्डौमा रहेको छ ।