वन कार्यालयका प्रमुख घुस लिएको अभियोगमा पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ। आयोगको बुटवल कार्यालयले कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।

श्रेष्ठले वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गर्दा बुटवल उपमहानगरपालिकाको वडा नं. १२ स्थित नयाँ गाउँबाट नियन्त्रणमा लिएको हो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।