स्पर्स लघुवित्तको नाफा एक करोड ३७ लाख पुग्यो

0
Shares

स्पर्स लघुवित्तको खुद नाफामा उच्च बढोत्तरी भएको छ । लघुवित्तले चालु आवको पुस मसान्तसम्मा एक करोड ३७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आवको यसै अवधिमा लघुवित्तले ६ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो। सो समयमा कम्पनी स्थापनाको सुरुवाति चरणमा रहेकाले नाफा न्यून थियो। समयसँगै व्यवसायीक कारोबारमा वृद्धि गर्दै जाँदा लघुवित्तले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै लगेको हो।

९ करोड ३७ लाख ४८ हजार चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ करोड २१ लाख सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २३.८८ गुणा रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीले २१ करोड ४० लाख निक्षेप संकलन र ७३ करोड १५ लाख रुपैयाँ सापटीबाट ९८ करोड ६८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट लघुवित्तले ३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको सञ्चालन मुनाफा १ करोड ६३ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात ०.९५ प्रतिशत रहेको यस लघुवित्तको पूँजी कोष अनुपात ११.९१ प्रतिशत, र कोषको लागत ११.४२ रहेको वित्तीय विवरणमा उल्लेख छ।